Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा आन्दोलन नियन्त्रण गर्न ललितपुर प्रशासनले संवेदनशील क्षेत्रमा निषेधाज्ञा

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १९ : २२ मा प्रकाशित

उपत्यकामा आन्दोलन नियन्त्रण गर्न ललितपुर प्रशासनले संवेदनशील क्षेत्रमा निषेधाज्ञा

राजधानी उपत्यकामा तीव्र भइरहेको विरोध प्रदर्शन र सम्भावित अशान्ति रोक्न ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार साँझदेखि संवेदनशील स्थानहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, धर्ना वा अन्य विरोध कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

प्रशासनका अनुसार सार्वजनिक शान्ति सुरक्षा प्रभावित हुन सक्ने भएकाले निषेधाज्ञा लागू गरिएको हो। निषेधित क्षेत्रका दायरा यसप्रकार छन्–

  • पुल्चोकस्थित यु.एन. हाउस र न्यायाधीश निवास वरिपरि २०० मिटर क्षेत्र : इनारमोड जाने बाटोदेखि निजामती राष्ट्रिय किताबखाना, आन्तरिक राजस्व कार्यालय हुँदै मानव अधिकार आयोगसम्म।

  • भैंसेपाटीस्थित नयाँ मन्त्री निवास वरपर : भैंसेपाटी–बुंगमती सडकदेखि सिजी हाउजिङ, भैंसेपाटी आवास गेट हुँदै इटनी जाने बाटोसम्म।

  • सानेपा स्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालय क्षेत्र : सानेपा चोक–इन्द्रायणी मन्दिर सडकदेखि बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर, चक्रपथको सर्भिस लेन हुँदै इन्द्रायणी मन्दिर–बागमती करिडोर सडकसम्म।

  • च्यासलस्थित नेकपा (एमाले) केन्द्रिय कार्यालय क्षेत्र : मनोहरा खोला करिडोरको झोलुंगे पुलदेखि च्यासल रंगशाला, मनोहरा खोला हुँदै मल पोखरी जाने बाटोसम्म।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको