Like us!
Follow us!
Connect us!
Watch us!

ग्लाेबल आइएमइ बैंक : ८ बर्षमा १५६ प्रतिशत प्रतिफल, सय कित्ता सेयर पुग्याे ३२६ कित्ता !

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, १७ : १८ मा प्रकाशित

ग्लाेबल आइएमइ बैंक : ८ बर्षमा १५६ प्रतिशत प्रतिफल, सय कित्ता सेयर पुग्याे ३२६ कित्ता !

अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। ग्लाेबल आइएमइ बैंककाे लाभांशकाे इतिहास एक पटक हेराैं । बैंकले ८ वर्षको अवधिमा जम्मा १ सय ५६ दशमलव ५ प्रतिशत लाभांश वितरण गरिसकेकाे छ । यसमध्ये १ सय २७ दशमलव ७५ प्रतिशत बोनश शेयर मात्रै छ । वाँकी २६ दशमलव ७५ प्रतिशतमात्रै नगद हाे ।

आर्थिक वर्ष २०७५/ ७६ मा बैंकले आफ्ना लगानीकर्तालाई २५ दशमलव ७५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १२ दशमलव ७५ प्रतिशत बोनश शेयर थियो । बैंकले आर्थिक वर्ष २०७४/ ७५ मा १६ प्रतिशत बोनश शेयरमात्र दिएको थियाे । त्यस्तै, आर्थिक वर्ष २०७३ /७४ मा १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले २०७२ /७३ मा १६ प्रतिशत बाेनस सेयर, २०७१ /७२ मा २३ प्रतिशत बाेनस सेयर, २०७०/७१ मा २१ प्रतिशत बाेनस सेयर, २०७९ /७० मा १५ प्रतिशत बाेनस सेयर दिएकाे थियाे । यस हिसावले ग्लाेबल आइएमइ बैंककाे १ सय कित्ता सेयर ८ बर्षअघि किन्ने सेयरधनीकाे सेयर अहिले ३२६ कित्ता पुगेकाे छ । सेयरधनीले यसबीचमा २७ प्रतिशत नगद लाभांश पनि पाइसकेका छन् । यसरी लगातार बाेनस सेयर वितरण गरिरहेकाे ग्लाेबल आइएमइ बैंककाे सेयर मूल्य भने बजारमा कछुवाकाे गतिमा बढिरहेकाे छ ।

कम्पनीकाे सेयर आइतबार अन्तिम मूल्य जम्मा ३३६ रूपैयाँमा किनबेच भएकाे छ । त्याे पनि ७ रूपैयाँ बढेर । बजारमा ग्लाेबल आइएमइ बैंककाे सेयर मूल्य नबढ्नुकाे एउटै मात्र कारण देखाइएकाे छ, यसकाे चुक्तापूँजी धेरै छ । चुक्तापूँजी धेरै भएपछि यसकाे सेयरकाे आपूर्ती पनि धेरै छ । आपूर्ती धेरै भएकाले बजारमा माग कम हुन्छ । यस्ताे तर्कले गर्दा राम्राे प्रतिफल दिएकाे कम्पनीकाे मूल्य निकै सस्ताेमा उपलब्ध भइरहेकाे छ । सेयर बजारमा लगानी गर्ने कि जुवा खेल्ने ? जुवा खेल्दा दाउ परे त कमाइएला, नपरे सर्वस्व गुम्छ । तर, राम्राे प्रतिफल दिइरहेकाे कम्पनी हेरेर लगानी गर्दा रातारात लगानी दुइ गुणा नहाेला, तर त्यसले कहिल्यै घाटा खाँदैन ।

बजार १८८१ काे विन्दुमा ग्लाेबल आइएमइ बैंककाे सेयर किनेका लगानीकर्ताहरू बजार घटेर ११०० काे हाराहारीमा आउँदा पनि कहिल्यै घाटामा भएनन् । उनीहरू कम्पनीले दिने लाभांशले नाफामै भए । ग्लाेबल आइएमइ बैंकले आर्थिक वर्ष २०७६-०७७ तीन अर्ब आठ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ। अहिले बैंकको २४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ।

७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छन्। त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापानलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ। नेपालबाहिर समेत ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत सेवा दिने ग्लाेबल आइएमइ पहिलाे बैंक हाे । यसले १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाइ गाभेर चुक्तापूँजीका अाधारमा नेपालकै सबैभन्दा ठूलाे बैंक बनेकाे हाे । ग्लाेबल आइएमइ बैंककाे आइतबार ७६१ काराेबारबाट १ लाख ७१ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएकाे छ ।

बैंककाे ५२ सातामा बढीमा ३८३ रूपैयाँ प्रतिकित्तासम्म काराेबार भएकाे छ भने घटिमा २११ रूपैयाँसम्म मूल्य झरेकाे छ । नेपाल स्टक एक्स्चेन्जमा कम्पनीका १८ कराेठ ९७ लाख ५८ हजार ७ सय ९९ कित्ता सेयर सूचिकृत छन् । कम्पनीकाे बजार पूँजीकरण ६३ अर्व ७५ कराेड ८९ लाख ५६ हजार ४ सय ६४ रूपैयाँ पुगेकाे छ । बैंककाे प्रतिसेयर आम्दानी २२.३२ रूपैयाँ छ । यसकाे मूल्य आम्दानी अनुपात (पिइ रेसियाे) १५.०५ गुणा छ भने पिवी रेसियाे २.१२ । पिइ रेसियाे २० गुणासम्म भएकाे कम्पनी लगानीका लागि राम्राे मानिन्छ ।

तपाइँ लगानी गर्ने कि जुवा खेल्ने ? निर्णय तपाइँकाे हातमा छ । बजारमा १० बर्षदेखि सेयरधनीलाइ प्रतिफल नदिएका कम्पनीकाे मूल्य रातारात कर्नरिंग गर्नेहरूले बढाइरहेकाे छन् । ती कम्पनीकाे मूल्य बढ्नुकाे एउटै कारण भनेकाे बजारमा थाेरै सेयर सूचिकृत छ भन्ने मात्रै हाे । त्यस्ता कम्पनीकाे सेयर हाेल्ड गरेर साेझासिधा लगानीकर्तालाइ फसाइरहेका छन् । तर, लगानीकर्ताहरू प्रतिफल नहेरेर उल्टै त्यस्तै कम्पनीकाे पछि दगुरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको