Like us!
Follow us!
Connect us!
Watch us!

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, १८ : १३ मा प्रकाशित

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु

अर्थ संसार, काठमाडौं– नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि ८ पौष गते सम्म संचालनमा ल्याएको छ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारीक फेसबुकपेजबाट लाइभ गरिएको थियो।

उक्त उद्घाटन समारोहमारुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्शियलगाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले भिडियो मार्फत यसवर्ष हाम्राग्राहक वर्गहरुलाई धेरै महिना गाडी थन्काएर राखेको गाडीहरुलाई सहजताप्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२०को आयोजना गरेको जानकारी दिनु भयो। यसका साथै सम्पूर्ण सिप्रदीतथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरु, मिडिया, तथा सहभागीहरुलाई सम्बोधन गर्दै सुरक्षित रहेर ग्लोबल सर्भिस क्याम्पमा उत्कृष्ट प्रदर्शनको शुभकामना दिनु भयो।

सोहि समारोहमा सिप्रदी ट्रडिङ प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रय सबै ग्राहक महानुभाबहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथकालागि धन्यबाद दिनु भयो । यसका साथै यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षाको मापदण्डहरुलाई ध्यानमा राखेर १० दिन सम्म आयोजना गरिएकोे उल्लेख गर्नुभयो। त्यसैले ग्राहकहरुलाई ढुक्क भईप्रि बुकिङ्ग गरेर यो सर्भिस क्याम्पको फाइदा उठाउन आग्रह गर्नुभयो।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धीअनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुखविशेषताहरु रहेका छन् ।

यसका साथै सर्भिस सेन्टर परिसरभित्र सामाजिक दूरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकतादिदै, सर्भिस प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई  थपउपहारको व्यवस्थापनि गरेको छ। सर्भिस बुकिङ गर्नको लागि ९८०१२२३३४४ मा Missed Call दिन सक्नुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको