Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा विवादको पराकम्पन : न्याय परिषद् बैठकसम्म

अर्थ संसार

मंगलबार, ३० मंसिर २०७७, १२ : १८ मा प्रकाशित

नेकपा विवादको पराकम्पन : न्याय परिषद् बैठकसम्म

प्रधानमन्त्री के पी शर्मा ओलीले  मंगलबार बिहानका लागि बोलाएको न्यायपरिषद्को बैठक विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा उपस्थित नहुने भएपछि पुनः स्थगित भएको छ । 

सोमबारका लागि बोलाईएको बैठकमा पनि देउवा र सापकोटा अनुपस्थित भए पछि बैठक स्थगित भएको थियो ।
 
विपक्षी  दलका नेता शेरबहादुर देउवाले उपसभामुखको चयन नहुदा सम्म आफु संबैधानिक परिषदको बैठकमा नजाने सार्बजनिक अभिव्यक्ति दिईसकेका छन भने सभामुख सापकोटाले प्रधानमन्त्री (अध्यक्ष) र सदस्यहरुका बिचमा समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी गराएका हुन । 

नेकपाका अर्का अध्यक्ष प्रचण्ड अहिले नै पार्टि भित्रको बिवाद साम्य नपारी संबैधानिक नियुक्ति गर्ने पक्षमा छैनन् । स्रोतका अनुसार सापकोटा अन्य कारण भन्दा पनि नेकपा पार्टि भित्रको बिवादका कारण संबैधानिक परिषद्को बैठकमा नगएका हुन् । सभामुख सापकोटा अध्ययक्ष प्रचण्ड निकट मानिन्छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,र्निवाचन आयोग लगायत बिभिन्न संबैधानिक आयोगहरुमा रित्त ४५ पधाधिकारीको नियुक्तिका लागि बैठक आह्वान गरेको भएता पनि अहिले सम्म बैठक बस्न सकेको छैन । 

प्रधानमन्त्री अध्यक्ष रहने संबैधानिक परिषद् ६ सदस्यीय हुने कानुनी व्यबस्था संबिधानले गरेको छ । परिषद्को सदस्यमा प्रधानन्यायाधीस, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र  विपक्षी दलका नेता रहने व्यबस्था छ । बैठक संचालनका लागि बहुमत सदस्य अर्थात ४ जना बैठकमा उपस्थित हुनै पर्ने कानुनी व्यबस्था छ अहिले उपसभामुख पद रित्त रहेकाले परिषदमा जम्मा ५ जना मात्र सदस्य छन्  । 

यो अवस्थामा प्रधानमन्त्री कि विपक्षी  दललाई फकाउने वा आफनै दल भित्रको बिवाद समाधान नगर्दा सम्म न्यायपरिषद्बाट संबैधानिक नियुक्ति संभव देखिदैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको