Like us!
Follow us!
Connect us!
Watch us!

संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानून संशोधन गर्छौंः अर्थमन्त्री

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, ०८ : ४० मा प्रकाशित

संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानून संशोधन गर्छौंः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन् । शनिबार वीरगन्जमा आयोजना भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोघन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए । भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउॅछौं, मन्त्री पुनले भने । 

आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे ।

 विदेशी मुद्राको संचिति बढेको, महंगी घटेको, बिप्रेशन आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे । फरक प्रसंगमा अर्थमन्न्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको