Like us!
Follow us!
Connect us!
Watch us!

टोपबहादुर रायमाझी पक्राउ,छोरा सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिने

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, ११ : ३२ मा प्रकाशित

टोपबहादुर रायमाझी पक्राउ,छोरा सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिने

पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका थिए।  सन्दीपलाई प्रहरीले भैरहवाबाट बुद्व एयरको जहाजमार्फत काठमाडौं ल्याएको हो ।

प्रहरीले उक्त प्रकरणबारे थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्ने तयारी छ ।

भैरहवामै रहेका टोपबहादुर रायमाझीलाई समेत आज विहान प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि आजै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको