Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट, कारोबारमा एनसीसी बैंक अब्बल

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, १५ : १४ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट, कारोबारमा एनसीसी बैंक अब्बल

अर्थ संसार, काठमाडौं -आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ  । सेयर बजारमा सामान्य गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ६.२० अंकले घटेर  २०५५.२२ अंकमा पुगेको छ  । नेप्से ०.३०  प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४३ अंकले घटेर ३८६.९८ अंकमा पुगेको छ ।

कुल १ सय ९९ वटा कम्पनीको १ करोड ५ लाख  ९८ हजार ३ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा ५अर्ब १४ करोड ४६ लाख ७५ हजार ५ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा ७  वटा उपसमूहकाे  सेयर  बढेको छ , भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ  । 
आज कारोबार रकमको आधारमा नेपाल क्रेडिट एण्ड कमर्श ( एनसीसी) बैंकले  सर्वाधिक कारोबार गर्न सफल भएको छ । बैंकले ३९ करोड ४३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको