अर्थसंसार,काठमांडौ– यदि तपाईहरु संग नागरिक लगानी कोषको शेयर छ भने तपाई फेरि पनि मालामाल हुनुहुदैछ । नेपाल धितोपत्र बोर्डले नागरिक लगानि कोषलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्ड ले १ सेयर बराबर ०.८२८४ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । 
बोर्डका अनुसार कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 
कोषले हकप्रद शेयर निष्काशनका लागि भदौ २२ गते बोर्डमा निवेदन दिएको थियो । कोषको हकप्रद बिक्रि  प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।हकप्रद शेयर बिक्रि संगै कोषको चुक्ता पुँजि ३ अर्ब पुग्ने छ । 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस