Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्य, कारोबारमा पुनर्बीमा अब्बल

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, १५ : २१ मा प्रकाशित

सेयर बजार राताम्य, कारोबारमा पुनर्बीमा अब्बल

अर्थ संसार,काठमाडौं (आज (बिहिवार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ  ।सेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २२.०७ अंकले घटेर  २०३२.५१ अंकमा पुगेको छ  । नेप्से १.१  प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.०४ अंकले घटेर ३८५.९४ अंकमा पुगेको छ ।

कुल १ सय ९५ वटा कम्पनीको १ करोड ४१ लाख  १४ हजार ४ सय ५० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८ सय १५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा ११ उपसमूहको  सेयर घटेको छ भने माइक्रोफाइनान्स उपसमूहका मात्र बढेको छ । आज कारोबार रकमको आधारमा पुनर्बीमा कम्पनी (आरएनआइसी ) सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ८० करोड २५ लाख ८३ हजार ६५ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस :- 

5fdb2752bdd14.PNG 5fdb2752cb28f.PNG 5fdb275342767.PNG 5fdb2753594bf.PNG 5fdb27549a1e7.PNG 5fdb2754b66f5.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको