Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ओरालो लाग्दा पनि यी दश कम्पनीका लगानीकर्ताहरुले कमाय सर्वाधिक नाफा

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, १६ : १० मा प्रकाशित

नेप्से ओरालो लाग्दा पनि यी दश कम्पनीका लगानीकर्ताहरुले कमाय सर्वाधिक नाफा

अर्थ संसार,काठमाडौं– आज (बिहिवार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ  । सेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २२.०७ अंकले घटेर  २०३२.५१ अंकमा पुगेको छ  । नेप्से १.१  प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.०४ अंकले घटेर ३८५.९४ अंकमा पुगेको छ ।

बिहिवार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरु 

आज सर्वाधिक नाफा कमाउन १० मध्य ४ वटा कम्पनीहरुको शेयर मूल्य ९ प्रतिशत भन्दा पनि बढिले बढेको छ । सबैभन्दा बढि मूल्य बढ्ने कम्पनीहरुमा महुली लघुबित्त, एभरेष्ट इन्स्योरेन्स कम्पनी, माउन्टेन इनर्जी र नेपाल छ्याङ्दी हाइड्रो रहेका छन । 

सारथी नेपाल लघुबित्त, आरएमडीसी लघुबित्त, सुर्योदय लघुबित्त, र्मिमिरे माइक्रोफाइनान्स, नागरिक लगानी कोष र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले पनि सर्वाधिक नाफा कमाएका छन् । 
 

5fdb32697a574.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको