Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीले गर्यो बम्पर लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, १७ : ४७ मा प्रकाशित

हिमालयन डिष्टिलरीले गर्यो बम्पर लाभांश घोषणा,  नगद र बोनस सेयर कति ?

अर्थ सव्ंसार, काठमाडौं– हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । 

पुस २ गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले  शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५० प्रतिशत नगद लाभांश  दिने प्रस्ताव अघि सारेको हो । 
 
अघिल्लो आर्थिक वर्ष कम्पनीले ५० प्रतिशत बोनस तथा ५२ प्रतिशत नगद लाभांश गरेर कुल १०२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले २८ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस र कर सहित त्यतीनै नगद लाभांश वितरण गर्नेछ । बोनसपछि कम्पनीको पूँजी ८६ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ ।हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको