अर्थ संसार, काठमाडौं - मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा प्रयोजनको लागि सेयर दाखिला खारेज कार्य बन्द (बुकक्लोज) मिति तय गरेको छ । संस्थाले आठौं वार्षिक साधारणसभा प्रयोजनको लागि पौष १७ गतेदेखि पौष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
संस्थाको आठौं वार्षिक साधारणसभा पौष २८ गते हुने भएको छ । संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले होटल वाटर टावर विदुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस