Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कमिसन घटाउन चौतर्फी दबाबमा परेपछि धितोपत्र बोर्डले बोलायो बैठक

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १४ : ३० मा प्रकाशित

ब्रोकर कमिसन घटाउन चौतर्फी दबाबमा परेपछि धितोपत्र बोर्डले बोलायो बैठक

अर्थ संसार, काठमाडौँ - नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठक आज (मंगलबार) बस्दैछ । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आज साँझ बोर्ड बैठक बोलाएका हुन् ।

यतिबेला बोर्डलाई ब्रोकर कमिसन घटाउन चौतर्फी दबाब परेको छ।  यसअघि ब्रोकर कमिसन घटाउन माग गर्दै सेबोनमा लगानीकर्ताहरुले प्रदर्शन पनि समेत गरेका थिए।  लगानीकर्ता र  सम्वद्ध संगठनहरुले ब्रोकर कमिसन ०.२५  प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि गत शुक्रबार ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । अर्थमन्त्रीको निर्देशन आइसकेको अवस्थामा बोर्डको बैठकमा ब्रोकर कमिसन घटाउने प्रस्ताव जाने लगभग निश्चित देखिन्छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको