Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १५ : ४५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

 अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमाआयोजित कार्यक्रमकाबीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई रु दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोज कशारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माँझ सेवा प्रदान गर्दै आइरहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको