अर्थ संसार, काठमाडौं - ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पौष ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २९ गते बुधबार गेट वे हिमालय रिसोर्ट, बेसिशहर, ९, लमजुङमा बिहान ९ बजे सुरु हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यसैगरी, सभामा संचालक समितिबाट प्रस्ताव गरे बमोजिम २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश पारित गरिनेछ  ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस