Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको हकप्रद पुष महिना मै निश्कासन हुने

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, ०८ : ४७ मा प्रकाशित

नागरिक लगानी कोषको हकप्रद पुष महिना मै निश्कासन हुने

अर्थ संसार,  काठमाडौं – नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई पुस २८ गते मंगलबारदेखि हकप्रद शेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएकाे छ ।

काेषले चुक्ता पूँजीको १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

काेषले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि पाैष १४ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्नेछ । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडाैँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी काेषकाे केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदका बारेमा अन्य विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको