Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामा १२ खर्बभन्दा बढीले उकालियाे सेयर बजार

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १० : ४६ मा प्रकाशित

६ महिनामा १२ खर्बभन्दा बढीले उकालियाे सेयर बजार

अर्थ संसार, काठमांडौ– बिगत ६ महिनामा सेयर बजारको पुँजीकरण १२ खर्बभन्दा बढीले उकालाे लागेकाे छ ।यस हिसावले लामाे समय नाफा खुम्चिएर राताे मुख लगाएर बसेका लगानीकर्ताकाे सम्पत्ती उच्च दरले बढेेकाे छ । लकडाउनका कारण लामो समय बन्द भएको बजारमा असार १५ गते देखि नियमित कारोबार भएको थियोे ।

असार १५ गतेको दिनको कारोबारको समाप्तिसम्ममा सेयर बजारको पुँजीकरण १५ खर्ब ५९ अर्ब ४ करोड ७ लाख चालिस हजार रूपैयाँ थियो । कारोबार सुरुभएको ६ महिनापछि पुष ८ गते सम्मको कारोबारलाई हेर्दा बजारको पुँजीकरण ७८ प्रतिशतले बृद्धि भएर २७ खर्ब ८२ अर्ब ३० करोड ३ लाखमा पुगेको छ ।

असार १५ गतेको कारोबारको अन्तमा नेप्से ११८८.७१ को बिन्दुमा थियो भने पुष ८ गते सम्ममा २०७८.४६ को बिन्दुमा पुगेको छ । बजारको पुँजीकरण ७८ प्रतिशतले बृद्धि हुदा नेप्से भने ७४ प्रतिशतले बढेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको