प्रभु लाईफ इन्स्योरेन्सले निश्कासन गरेको आइपिओ (आज) शुक्रबार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार ५ लाख ४० हजारले प्रभु लाइफको आइपिओ पाएका छन्।
गोलाप्रथाबाट बाँडफाँड भएको आइपिओमा ५ लाख ९ हजार ४७ योग्य आवेदकले प्रभु लाइफको आइपिओ पाएनन्।१० लाख ४९ हजार ४७ आवेदक मध्ये २ हजार १ सय ६९ जनाको आबेदन रद्द भएको छ ।
कम्पनीले मंसिर २९ गते, साेमबारदेखि पाैष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो ।
अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal
राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस