Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शनिबार, ११ पुस २०७७, १२ : ३३ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३२औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पुस ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि माघ २ गतेदेखि माघ १५ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको