Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयर मूल्य समायोजन

अर्थ संसार

आइतबार, १२ पुस २०७७, ११ : १८ मा प्रकाशित

दुई कम्पनीको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपार स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य समायोजन भएको  छ । आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने सिनर्जी पावरको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजन पश्चात आशा लघुवित्तको शेयरमूल्य ८७० रुपैयाँ कायम भएको छ। त्यसैगरी, बोनस समायोजपछि सिनर्जीको शेयरमूल्य २०७ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा यी दुबै कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको