Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा यी १० कम्पनीका लगानीकर्ता भने दङ्ग

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १५ : ५५ मा प्रकाशित

सेयर बजार घट्दा यी १० कम्पनीका लगानीकर्ता भने दङ्ग

अर्थ संसार, काठमाडौं - साताको पहिलो दिन आज (आइतबार ) सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ अंकमा पुगेको छ  । नेप्सेमा १.९६  प्रतिशले गिरावट आएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३३ अंकले घटेर ३८१,४३ अंकमा पुगेको छ । 

घटेको सेयर बजारमा सर्वाधिक कमाउने यी १० कम्पनीहरु 

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी  कमाउन सफल भएका छन्   । त्यसैगरी आशा लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, सुर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि  कमाएका छन् ।

त्यस्तै सिन्धु विकास बैंक लिमिटेड, १०% नेपाल एसबिआई बैंक डिबेन्चर  २०८६ , एनएमबि ५०, जोशी हाइड्रोपावर कम्पनी, एभरेष्ट बैंकको अग्राधिकार सेयरले पनि सर्वाधिक आर्जन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको