Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर ! नागरिक लगानी कोषको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मौका

अर्थ संसार

सोमबार, १३ पुस २०७७, ०८ : ५० मा प्रकाशित

लगानीको अवसर ! नागरिक लगानी कोषको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मौका

अर्थ संसार, काठमाडौं – नागरिक लगानी कोषले निष्कासन गर्न लागेकाे हकप्रद शेयर सुरक्षित गर्ने आज (पुस १३ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

कोषले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि भाेलि पाैष १४ गते, मंगलबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (पुस १३ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

काेषले पुस २८ गते मंगलबारदेखि चुक्ता पूँजीको १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडाैँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी काेषकाे केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

काेषकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको