Like us!
Follow us!
Connect us!
Watch us!

असन्तुष्ट राइडरद्धारा पठाओ कार्यलय तोडफोड

अर्थ संसार

सोमबार, १३ पुस २०७७, १३ : ५८ मा प्रकाशित

असन्तुष्ट राइडरद्धारा पठाओ कार्यलय तोडफोड

राइड सेयरिङ एप पठाओका असन्तुष्ट राइडरहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै पठाओ कार्यलय तोडफोड गरेका छन् । 

पठाओले आफुबाट चर्कौ कमिसन उठाइरहेकाले कमिसन घटाउन माग गर्दै उनिहरुले अघिल्लो सोमबार कम्पनीलाइ ज्ञापनपत्र बुझाएका थिए ।

बिभिन्न ११ बुँदे माग सहित राइडरहरु आन्दोलित थिए । उनिहरुका माग मध्य केहि माग कम्पनीले सम्बोधन गरिसकेको जनाएको छ । कम्पनीले राइडर र यात्रुको १ लाख सम्मको उपचार बिमा र मृत्यु भएमा ५ लाख सम्मको दुर्घटना बिमा गराउने घोषणा गरेको छ तर कमिसन घटाउन कम्पनी सहमत देखियन ।

हाल कम्पनीले राइडरबाट २० प्रतिशत कमिशन लिइरहेकोमा अब ८ प्रतिशत मात्र कमिशन लिनुपर्ने राइडरहरुको माग छ ।

पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए । त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । 

आन्दोलन र तोडफोडमा संलग्न २६ जनालाई प्रहरीले नियन्त्रमा लिएर स्क्रिनिङ भइरहेको प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको