Like us!
Follow us!
Connect us!
Watch us!

११ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, ०८ : ३३ मा प्रकाशित

११ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं – विभिन्न ११ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

१. नबिल बैंक लिमिटेड = बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे ३६औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा बैंककाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत (१०० कित्ता बराबर ३३.५ कित्ता) बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

२. नेपाल एसबिआई बैंक लिमिटेड = बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे २७औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा बैंककाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

३. कृषि विकास बैंक लिमिटेड = बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पौष १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसैले आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कायम भई कारोबार गर्ने कम्पनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको चौधौं वार्षिक साधारणसभा पौष २९ गते बुधबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुनेछ । सभामा बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड = संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पौष १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कायम भई कारोबार गर्ने कम्पनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे नवौं वार्षिक साधारण सभा पौष २८ गते मंगलबार बनेपा नगरपालिका-१३ साँगा, काभ्रेपलाञ्चोकस्थित लहरी खर्क पार्टीप्यालेसको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ । संस्थाकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

५. ग्लोबल आइएमई बैंक लिमिटेड = बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे १४औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडाैँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे कार्तिक ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

६. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड = संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे ८औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, गेट वे हिमालय रिसाेर्ट, बेसिशहर-९, लमजुङमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा संस्थाकाे मंसिर २८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

७. स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड = संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे चाैथाे वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, हाेटल बाराही पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस शेयर र १.०३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

८. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड = संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे १९ औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, मकवानपुर हेटौंडामा रहेको सामना होटलमा हुनेछ । सभामा संस्थाकाे मंसिर १७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

९. मञ्जुश्री फाइनान्स लिमिटेड = फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । फाइनान्सकाे तेर्हाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, नयाँ बानेश्वर, काठमाडाैँमा हुनेछ । सभामा फाइनान्सकाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

१०. ङादी ग्रुप पावर .= कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष २८ गते मंगलबार बिहान १० बजे कम्पनीको रजिष्टार्ड कार्यालय हनुमानस्थान अनामनगरमा हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

११. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड = फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । फाइनान्सकाे २६औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, कम्पनीको रजिष्टार्ड कार्यालय डिल्लीबजार, काठमाडाैँमा हुनेछ । सभामा कम्पनीकाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको