Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको सेयरधनी एक बर्षमै भए मालामाल !

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, ११ : ०० मा प्रकाशित

नेपाल लाइफको सेयरधनी एक बर्षमै भए मालामाल  !

अंग्रजी बर्ष २०२० विश्वका लागि ज्यादै कष्टपुर्ण रह्यो तर यो बर्ष नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुका लागि भने सुखद रहेकाे छ । यो एक बर्ष अधिकांश क्षेत्रमा गरिएको लगानीले कुनै प्रतिफल दिन सकिरहेको छैन । कोरानाका काराण सबै क्षेत्रहरु तहसनहस हुँदा नेपालमा सेयर बजारमा भने सकारात्मक संकेत देखिएको छ ।

लकडाउन पहिलेको तुलनामा नेप्से अहिले करिब ८० प्रतिशतले बढेको छ । अझै केही कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानी सुरक्षित गर्न नसक्दा कतिपय कम्पनीका लगानीकर्ताहरुले मनग्य आम्दानी गरे । तिनै मनग्य आम्दानी दिने कम्पनीहरुमध्ये एक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स हो ।

बर्ष २०१९ को अन्तिम दिन ९८० रुपैयाँ प्रतिकित्ता मुल्यमा कारोबार भएको नेपाल लाइफको सेयर मूल्य सोमबार कारोबारको सुरुवात सम्म आइपुग्दा २२४० रुपैया पुगिँसकेका छ । गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश बितरणको प्रस्ताव गरेको छ । यो एक बर्षमा लगानीकर्ताहरुले नेपाल लाइफमा गरेका लगानीबाट १२८.५ प्रतिशत मुनाफा कमाएका छन् ।

जस्तो एक बर्षअगाडि कुनै लगानीकर्ताहरुले १०० कित्ता सेयरमा ९८ हजार रुपैयाँ लगानी गरेकोमा अहिले त्यसको मूल्य बढेर २ लाख २४ हजार रुपैयाँ पुगिसकेको छ । एक बर्षअघि गरिएको ९८ हजार रुपैयाको लगानीले अहिले १ लाख २६ हजार रुपैया बराबर नाफा कमाएको हो । स्थापना देखि हालसम्म कम्पनीले लोभलाग्दो गरी बोनस सेयर वितरण गरिरहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको