Like us!
Follow us!
Connect us!
Watch us!

नबिल सहित ४ बैंकको सेयर मूल्य समायोजन

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १० : ११ मा प्रकाशित

नबिल सहित ४ बैंकको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्जले आज बुधबार चार बैंकहरुको मूल्य समायोजन गरियको जनाएको  ।

बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न लागेको बोनस सेयरका लागि सेयर मूल्य समायोजन गर्न लागिएको हो । नबिल बैंक, ग्लोबल र्आइएमी बैंक, नेपाल एसबिआई बैंक र कृषि बिकाश बैंकको सेयर मूल्य समायोज गरियको हो ।

मूल्य समायोजन अघि नबिल बैंकको १३८६ रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३५० रुपैयाँ, नेपाल एसबिआई बैंकको ४०८ रुपैयाँ र कृषि बिकाश बैंकको ४८८ रुपैयाँमा कारोबार भएकोमा अब चार वटै बैंकको समायोजित मूल्य अनुसार नबिल १०३८ रुपैयाँ, ग्लोबल ३०७ रुपैयाँ, एसबिआई ३८५ रुपैयाँ र कृषि बिकाश ४२४ रुपैयाँ मूल्यमा सेयर कारोबार हुने छ ।

यी चारै बैंकले आज पुस १५ गते बुकक्लोज गरेका छन् । हिजो पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र बोनश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको