Like us!
Follow us!
Connect us!
Watch us!

४९.१७ अंकले बढेको सेयर बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १५ : १५ मा प्रकाशित

४९.१७ अंकले बढेको सेयर बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार

आज (बुधबार ) सेयर बजारले उकालो यात्रा तय गरेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार दोहोरो अंकले बढेको हो । 

आज नेप्से परिसूचक ४९.१७ अंकले बढेर २०६२.०६ अंकमा पुगेको छ  । नेप्से २.४४  प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ८.८६ अंकले बढेर ३९१.३० अंकमा पुगेको छ ।
कुल २ सय ८ वटा कम्पनीको ९ लाख ९१ हजार ३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमुहको सेयर बढेको छ भने बाँकि २ वटा  उपसमूहहरुको सेयर घटेको छ  । 

आज पनि कारोबार रकमको आधारमा शिवम् सिमेन्टले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३४ करोड ४४  लाख ६९  हजार ४  सय ७९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको