Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १५ : ५५ मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

आज (बुधबार ) सेयर बजारले उकालो यात्रा तय गरेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार दोहोरो अंकले बढेको हो । 

आज नेप्से परिसूचक ४९.१७ अंकले बढेर २०६२.०६ अंकमा पुगेको छ  । नेप्से २.४४  प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ८.८६ अंकले बढेर ३९१.३० अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको ९ लाख ९१ हजार ३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 दोहोरो अंकले बढेको सेयर बजारमा  साल्ट कर्पोरेशनले सबैभन्दा बढी कमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, हिमालयल डिस्टिलरी लिमिटेड, एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयर, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, शिवम् सिमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, एभरेष्ट बैंक लिमिटेड, नबिल ब्यालेन्स फण्ड-२ र नेपाल टेलिकमका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्  ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको