Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से हरियाली हुँदा पनि यी कम्पनीका लगानीकर्ताले भए निराश !

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १५ : ५८ मा प्रकाशित

नेप्से हरियाली हुँदा पनि यी कम्पनीका लगानीकर्ताले भए निराश !

आज बुधबार ४७ अंकले नेप्से बढेको छ । साताको पहिलो दिन आइतबार ३५ अंकले घटेको नेप्से सोमबार र मंगलबारको कारोबारमा भने केहि उकालो लागेको थियो । 

बुधबारको कारोबारमा ४७ अंकले बढेर नेप्से २०५६.१२ को बिन्दुमा पुगेको छ । भारी अंकले नेप्से बृद्धि हुँदा पनि केहि कम्पनीका लगानीकर्ताहरुले आजपनी घाटा व्यहोर्न पर्यो ।

आज सबै भन्दा घाटा नारायणी विकाश बैंकका लगानीकर्ताले पाए । सोमबार र मंगलबार लगातार मुल्य बृद्धि भएको बैंकको आजभने १० प्रतिशतले मूल्य घटेको नेप्सेले जनाएको छ । 

आज सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलाइन्स फाइनान्स, खानीखोला हाइड्रोपावर, मित्तेरी विकाश बैंक, माउन्टेन हाइड्रो, गुडविल फाइनान्स, हिमालयन पावर,सुर्य लाइफ इन्स्योरेन्स र कर्पोरेट बिकाश बैंक रहेका छन् ।

5fec53a0197ef.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको