Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरी सहित १२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १० : ५३ मा प्रकाशित

हिमालयन डिस्टिलरी सहित १२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बम्पर लाभांश ५० प्रतिशत बोनश सेयर र ५० प्रतिशत नगद प्रस्ताव गरेको हिमालयन डिस्टिलरी सहित अन्य १४ कम्पनीको लाभांश तथा साधारण सभा प्रयोजनार्थ भोलि बुकक्लोज हुने भएको छ । 

भोली बुकक्लोज हुने १४ कम्पनी मध्य ११ कम्पनीले लाभांश घोषणा गरेका छने भने ३ कम्पनीले कुनै लाभांश वितरणको प्रस्ताव गरेका छैनन् । सान्जेन जलबिद्युत, माउन्टेन इनर्जी, हाइड्रो इलेक्ट्रिसीटी कम्पनीले कुनै लाभांश वितरण गर्ने छैनन् ।  

हिमालयन डिस्टिलरी, लक्ष्मी बैंक, बुटवल पावर कम्पनी, सुर्य लाइफ इन्स्योरेन्स, लक्ष्मी लघुबित्त, मेरो माइक्रोफाइनान्स, पोखरा फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, गुडविल फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र विजय लघुबित्तले भने लाभांश घोषणा गरिसकेका छन् ।
पुष १९ गतेका लागि बुकक्लोज मिती तोकेको आइसिएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने मिति पनि आज अन्तिम हो ।

शुक्रबार र सनिबार दोस्रो बजार कारोबार बन्द हुने भएकाले आइतबारका लागि बुकक्लोज मिती तोकिएको कम्पनीको पनि आजै कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको