डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडमा बिलय हुन लागेको नाडेप लघुवित्तको दोस्रो बजार कारोबार आज बिहिबारबाट रोक्का भएको छ ।
नेपाल स्टक एक्सचेन्जले डिप्रोक्समा बिलय हुने सम्झौता भएपछि नाडेपको कारोबार रोक्का गरेको हो । बैंक तथा वित्तिय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसमबन्धी विनियमावली बमोजिम नाडेपको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
संस्था विलय हुने समबन्धी प्रारम्भिक समझदारी हिजो बुधबार भएको थियो । समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस