Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबारमा हिमालयन डिस्टिलरी अब्बल

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १५ : १६ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबारमा हिमालयन डिस्टिलरी अब्बल

साताको अन्तिम दिन आज (बिहिबार ) सेयर बजारले उकालो यात्रा तय गरेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार दोहोरो अंकले बढेको हो । 

आज नेप्से परिसूचक २५.२१ अंकले बढेर २०८७.२७ अंकमा पुगेको छ  । नेप्से १.२२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ७.४० अंकले बढेर ३९८.७० अंकमा पुगेको छ ।

कुल २ सय ७ वटा कम्पनीको १ लाख १४ हजार ६४ हजर २ सय कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमुहको सेयर बढेको छ भने बाँकि १ वटा उपसमूहको मात्र सेयर घटेको छ  । 

आज पनि कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४६ करोड ८८ लाख १८  हजार ९  सय १७ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको