Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली : यी १० कम्पनीमा झुमे लगानीकर्ता

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १६ : २७ मा प्रकाशित

सेयर बजारमा हरियाली : यी १० कम्पनीमा झुमे लगानीकर्ता

साताको अन्तिम दिन आज (बिहिबार ) सेयर बजारले उकालो यात्रा तय गरेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक २५.२१ अंकले बढेर २०८७.२७ अंकमा पुगेको छ  । नेप्से १.२२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ७.४० अंकले बढेर ३९८.७० अंकमा पुगेको छ ।

कुल २ सय ७ वटा कम्पनीको १ लाख १४ हजार ६४ हजर २ सय कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढेकाे बजारमा हिमालयन डिष्टीलरी लिमिटेडको सार्वाधिक कारोबार गर्न सफल भएको छ  । कम्पनीले ४६ करोड ८८ लाख १८  हजार ९  सय १७ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी काेष, नेपाल टेलिकम, एनआइसी एशिया बैंक लिमिटेड, शिवम् सिमेन्ट, एभरेष्ट बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र सिद्दार्थ बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको