Like us!
Follow us!
Connect us!
Watch us!

साप्ताहिक कारोबार घट्दा यी १० कम्पनीहरुले गरे सर्वाधिक कारोबार

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, ११ : ४९ मा प्रकाशित

साप्ताहिक कारोबार घट्दा यी १० कम्पनीहरुले गरे सर्वाधिक कारोबार

यो साता अघिल्ला साताको तुलनामा नेप्सेको कारोबार रकम घटेको छ । कारोबार रकम घट्दा यो साता यी १० कम्पनीहरुले सर्वाधिक कारोबार गरेका छन्ः

१.नेपाल लाइफ इन्स्योरेन्स कम्पनीः अघिल्लो सातामा पनि सबैभन्दा बढिकारोबार गर्ने कम्पनीको पहिलो नम्बरमा रहेको नेपाल लाइफकोे यो साता पनी नेप्सेमा सबैभन्दा बढि रकमको सेयर कारोबार भएको छ । अघिल्लो साता ४ अरब ६९ करोड भन्दा माथिको सेयर कारोबार भएको कम्पनीको यो साता भने १ अरब ८६ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको हो ।

२.नबिल बैंकः यो साता सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । यो साता नेप्सेमा नबिल बैंकको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर बारोबार भएको हो ।

३.एनआइसी एसिया बैंकः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको तेस्रो नम्बरमा एनआइसी एसिया बैंक रहेको छ । यो साता नेप्सेमा बैंकको १ अरब ३१ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो ।

४.शिवम् सिमेन्टः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको चौथो नम्बरमा शिवम् सिमेन्ट रहेको छ । यो साता नेप्सेमा कम्पनीको १ अरब २४ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो ।

५.हिमालयन डिस्टिलरीः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको पाँचौ म्बरमा हिमालयन डिस्टिलरी रहेको छ । यो साता नेप्सेमा कम्पनीको १ अरब १४ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो । 

६.नागरिक लगानी कोषः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको छैठौ नम्बरमा नागरीक लगानी कोष रहेको छ । यो साता नेप्सेमा कोषको ८६ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो ।
७.नेपाल पुर्नबिमा कम्पनीः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको सातौै नम्बरमा नेपाल पुर्नबिमा कम्पनी रहेको छ । यो साता नेप्सेमा कम्पनीको ८४ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो ।

८.ग्लोबल आइएमई बैंकः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको आठौँ नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो साता नेप्सेमा बैंकको ६९ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो ।

९.नेपाल दुरसञ्चार कम्पनीः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको नवौँ नम्बरमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । यो साता नेप्सेमा कम्पनीको ६८ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो ।

१०.एनसीसी बैंकः सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरुको दशौँ नम्बरमा एनसीसी बैंक रहेको छ । यो साता नेप्सेमा बैंकको ५७ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको