Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसियाद्धारा ६ लाख भन्दा बढि कित्ता लिलामीमा, ककसले दिन पाउने आवेदन ?

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १० : ४४ मा प्रकाशित

एनआइसी एसियाद्धारा ६ लाख भन्दा बढि कित्ता लिलामीमा, ककसले दिन पाउने आवेदन ?

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको बिभिन्न चार कम्पनीको सेयर आइतबारबाट लिलामिमा राख्ने भएको  । 

बैंकले आफ्नो स्वामित्वमा रहेको ति कम्पनीहरुको ६ लाख २७ हजार २०० कित्ता सेयर लिलामीमा राखेको हो । लिलामीमा राखिएका सेयरहरुमा नागरीक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, एसियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता, नेसनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता र सुर्य लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता रहेको । 

लिलामीमा राखियको सेयर लगानीका लागि योग्य सबै लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र बढिमा १० ले भाग जाने गरी सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

लिलामीमा राखिएका कम्पनीको न्यूनतम मुल्य कम्पनीले तोकेको छ जसअनुसार लागरिक लगानी कोषको १ हजार ७१५ रुपैयाँ, नेसनल लाइफको ५५० रुपैयाँ,एसियन लाइफको ४६९ रुपैयाँ र सुर्य लाइफको ३३७ रुपैयाँ तोकिएको छ । सेयर कबोलका लागि लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सो भन्दा बढि बोलकबोल गरि बोल पत्र पेस गर्नु पर्ने छ ।

सेयर बिक्रिका लागि एनआइसी एसिया क्यापिटललाईल बिक्रि प्रबर्धक तोकियको कम्पनीले जनाएको छ । बोलपत्र काठमांडौको बबरमहल स्थित कार्यलय वा एनआइसी एसिया बैंकको थापाथली स्थित कर्पोरेट कार्यलयका साथै शाखा कार्यलयहरु बिराटनगर,वीरगंज पोखरा, वुटवल,धनगढी र विरेन्द्रनगर सुर्खेतमा पेस गर्न सकिने छ ।

बेलपत्र पेस गर्ने अन्तिम दिन पुस २४ गते बैंकिङ समयसम्म तोकिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको