Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकका सेयरधनी एक बर्षमा मालामाल !

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १३ : १३ मा प्रकाशित

एनआईसी एसिया बैंकका सेयरधनी एक बर्षमा मालामाल  !

सन् २०१९ को अन्तिम सम्ममा एनआइसी एसिया बैंकको सेयरमा लगानीगर्ने लगानीकर्ताहरु अहिले मालामाल भएका छन । 

बैंकको सेवा तथा ब्याजका बिषयमा बिभिन्न विवादहरु आउने गरेको छ । बैंकबाट ऋण लिने र मुद्दतीमा पैसा जम्मा गर्नेहरुको पिडा बेलाबेलामा सामाजिक सञ्जाल देखिने गरेको भएतापनी यस बैंकको सेयरमा लगानी गर्ने लगानीकर्ताहरु लाई भने फलिफाप भएको छ ।

सन् २०१९ को अन्तिम दिन ४१३ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आज सम्म आइपुग्दा ९०० रुपैयाँ नाघिसकेको छ । पछिल्ला दिनहरुमा यो बैंकको सेयरमा आएको उछाललाई हेर्दा यसको बृद्धिदर अहिले नै रोकिने छाटकाट देखिदैन । 

यो एक बर्षमा यो बैंकका लगानीकर्ताहरुले लगभग प्रतिसेयर ५०० रुपैयाँ आम्दानी गरेकाछन् । एक बर्ष अघि ४१३ रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरको मूल्य ९०० रुपैयाँ नाघिसकेको छ । यो एकबर्षमा लगानीकर्ताहरुले लगानीको ११८ प्रतिशत प्रतिफल पाएका छन् जसमा यसबर्ष पाएको बोनस समावेस गरिएको छैन ।

यो बाहेक बैैंकका सेयरधनीहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भइसकेको छ । 

जस्तो एक बर्ष अघि बैंकको १०० कित्ता सेयरमा ४१३०० रुपैयाँ लगानी गरेका लगानीकर्ताहरुको पुँजी अहिले बोनस सेयर सहित १ लाख ७ हजार १०० रुपैयाँ पुगेको हो । सेयरमा गरेको ४१ हजार ३०० रुपैयाँको लगानीले लगानीकर्ताहरुर्ला एक बर्षमै ६५ हजार ८०० सय रुपैयाँ बराबरको मुनाफा दिएको हो । 

यो एक बर्षमा नेप्से करिब ९० प्रतिशतले बढ्दा एनआईसी एसिया बैंकको सेयरमा लगानी गर्ने हरुले भने १५९.३२ प्रतिशत नाफा कमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको