Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ऐतिहासिक बिन्दुमा, हालसम्मको सबै रेकर्ड तोडियो

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १५ : १३ मा प्रकाशित

नेप्से ऐतिहासिक बिन्दुमा, हालसम्मको सबै रेकर्ड तोडियो

दिन आज (आइतबार) सेयर बजारले नयाँ रेकर्ड राखेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २१७५.३९ अंकमा पुगेर रोकिएको छ । यो हालसम्मकै उच्च बिन्दु हो । 

आज नेप्से परिसूचक ८८.१२  अंकले बढेको छ  । नेप्से ४.२२ प्रतिशले बढेको हो । यसअघि नेप्से २१२८ को बिन्दुमा पुगेको थियो । त्यसैगरी  बिहिबार मात्र २०८७ को बिन्दुमा क्लोज भएर अलटाइम  हाइ बिन्दुमा क्लोज भएको थियो  ।
यस्तै सेन्सेटिभ परिसूचक पनि १७.१८ अंकले बढेर ४१५.८८ अंकमा पुगेको छ ।

कुल २ सय १२ वटा कम्पनीको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये १२ वटै उपसमुहको सेयर बढेको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको