आज आइतबार नेप्से परिसुचक ८८.१२ अंकले बढेर ऐतिहासिक २१७५.३९ को बिन्दुमा पुगेको छ । यो नै नेप्सेको हालसम्मको उच्च बिन्दु हो । 
आज नेप्सेका १२ उपसमूह मध्य सबै उपसमूहमा हरियाली छाएको छ । आज सबैभद्यना बढि मुनाफा हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताहरुले कमाए । आज यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जानएको छ । 
आज मूल्य बढ्ने अन्य कम्पनीहरुमा नेपाल पुर्नबिमा संस्थान,प्राइम कमर्सियल बैंक,प्राइम कमर्सियल बैंकको प्रमोटर सेयर,कुमारी बैंक,गुँरास लघुबित्त,नेशनल माइक्रोफाइनान्स,आशा लघुवित्त र नेपाल दुरसञ्चार सस्थान रहेका छन् ।  
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस