Like us!
Follow us!
Connect us!
Watch us!

रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १७ : २३ मा प्रकाशित

रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख

चितवनको भरतपुरमा निमार्ण गरिरहेको गौतमबुद्ध अन्तराष्ट्रियक्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रा.लिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रा.लिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५लाख रुपैयाँ प्रदान गर्नुभएको हो।
रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो।

धुर्मुससुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६मा रहेको कृषि तथा वनविश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।
रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको