Like us!
Follow us!
Connect us!
Watch us!

अल्काअस्पताल १६ वर्षमा, आइभिएफमा एक हप्तासम्म निस्शुल्क ओपिडी

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, ११ : ४० मा प्रकाशित

अल्काअस्पताल १६ वर्षमा, आइभिएफमा एक हप्तासम्म निस्शुल्क ओपिडी

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६वर्षमा प्रवेश गरेको छ। २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो।
‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमारथापाले अल्का अस्पताल संचालन गर्नुभएको हो।स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनकालागि अनुमति दिएको थियो।अल्का अस्पतालमा सय शैया छ।
१६ वर्षपुग्दा हामी निकै खुसी छौं, अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भन्नु भयो,’ हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा सबैलाईधन्यवाद दिन चाहन्छौं।अध्यक्ष थापाले सेवाग्राहीले अस्पतालप्रति गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगावलाई आफूले सधै सम्झिरहने बताउनु भयो।सेवाग्राहीहरुलाई सहज र सरलरुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको अस्पतालकी कार्यकारी निर्देशक बिद्याथापा श्रेष्ठले बताउनु भयो।

अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर रडाइबेटिज सेन्टरको स्तर उन्नती गरेको थियो।अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँनयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेकोछ।अल्का अस्पतालमा सुविधासम्पन्न एन आइसियु कक्ष रहेकोछ।यसकासाथै टेष्टट्यु्वबेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, तथा यसका सम्पुर्ण परीक्षणपनि अस्पतालमा हुदैँ आएकोछ।

नशा सम्बन्धि, बाथरोगसम्बन्धि, यौन तथा छाला रोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कानघाँटी, दाँतरोग, युरोलोजिष्ट, कलेजो रोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवादिने सेवामापनि अल्का अगाडीछ।

१६ वर्षमा प्रवेशगरेको उपलक्ष्यमा अस्पतालले यस वर्षपनि विगतका वर्षहरुझै रक्तदानको कार्यक्रम आयोजना गरेकोछ।वार्षिकउत्सवको अवसरमा अल्का अस्पतालले आइभिएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबार बाहेक ओपिडी निशुल्क गरेको छ।आइभिएफटेष्टमा २०प्रतिशत छुट तथा आइभिएफर आइयुआइमा विशेष सहुलियत दिइने अल्काअस्पतालले जनाएको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको