Like us!
Follow us!
Connect us!
Watch us!

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १६ : ३० मा प्रकाशित

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षको एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा गरिएको छ। ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

'९७ वर्षको वृद्धा त्यही पनि मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रुपमा गरेका छौं,' चिकित्सक अमात्यले भने, 'यो दुलर्भ नै हो।'उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिदैनन।

'शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो, हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौं, 'चिकित्सक अमात्यले भने, 'उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम सफल रुपमा गर्यौं।'

उनको मुटु सुन्निएको थियो, धड्कन पनि कम थियो, हामीले चाँडोभन्दा चाँडो हिप फेर्नुपर्ने बाध्यता थियो, अमात्यले भने हामीले ५४ मिनेटमा नै सो शत्यक्रिया गर्न सफल भयौं।'मैले धेरै अस्पताल धाएँ तर अल्का आएर मेरो अप्रेसन सफल भयो,' शाहीले भनिन।केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको थियो। हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिचार्ज भइसकेकी छिन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको