Like us!
Follow us!
Connect us!
Watch us!

१५% लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, २० पुस २०७७, ०८ : १७ मा प्रकाशित

१५% लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

सिद्धार्थ बैंक लिमिटेडले उन्नाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पौष १४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा माघ १६ गते शुक्रबार, आम्रपाली बङक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । 

सभामा वार्षिक साधारण सभा समक्ष संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७५/७५ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा-नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ  । 

त्यसैगरी सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम ३ परतिश नगद लाभांश (कर प्रयोजन) र १२ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष २८ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको