Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

सोमबार, २० पुस २०७७, ११ : १२ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । संस्थाले  आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई  कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

संस्थाकाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाका सेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको