Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले घट्यो सेयर बजार, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, २० पुस २०७७, १५ : २४ मा प्रकाशित

झिनो अंकले घट्यो सेयर बजार, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

आज (सोमबार) सेयर बजारले  ओरालो यात्रा तय गरेको  छ  । 
आज नेप्से परिसूचक  6.३६ अंकले घटेर २१६९.०४ अंकमा पुगेको छ  । नेप्से ०.२९ प्रतिशले घटेको हो । यसअघि आज २२१४ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको नेप्से बजार बन्द हुनेबेला सम्म माइनसमा झरेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ४१५.१५ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड १६ लाख ४३ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५अर्ब ९६ करोड १७ लाख ३३  हजार १ सय २२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ७  उपसमुहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनि लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४६ करोड ८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको