Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा यी १० कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी गुमाए

अर्थ संसार

सोमबार, २० पुस २०७७, १६ : ०५ मा प्रकाशित

सेयर बजार घट्दा यी १० कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी गुमाए

आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । 
आज नेप्से परिसूचक  6.३६ अंकले घटेर २१६९.०४ अंकमा पुगेको छ  । नेप्से ०.२९ प्रतिशले घटेको हो । यसअघि आज २२१४ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको नेप्से बजार बन्द हुनेबेला सम्म माइनसमा झरेको हो 
यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ४१५.१५ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड १६ लाख ४३ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५अर्ब ९६ करोड १७ लाख ३३  हजार १ सय २२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार घट्दा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सबैभन्दा बढी नाफा गुमाएको छ । 

त्यसैगरी क्रमसः एभरेष्ट बैंक लिमिटेड, मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेड, सिभिल बैंक लिमिटेड,  प्रभु बैंक लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले पनि सर्वाधिक नाफा गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको