Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी १० कम्पनीको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, २० पुस २०७७, १६ : १६ मा प्रकाशित

सोमबार यी १० कम्पनीको सर्वाधिक कारोबार

आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । आज नेप्सेमा झिनो अंकको गिरावट आएको हो । 

आज नेप्से परिसूचक  6.३६ अंकले घटेर २१६९.०४ अंकमा पुगेको छ  । नेप्से ०.२९ प्रतिशले घटेको हो । यसअघि आज २२१४ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको नेप्से बजार बन्द हुनेबेला सम्म माइनसमा झरेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ४१५.१५ अंकमा पुगेको छ ।

आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनि लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४६ करोड ८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

त्यसैगरी, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल टेलिकम, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनसीसी बैंक, हिमालयन डिष्टीलरी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिवम् सिमेन्ट, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लपमपटेड र सिद्दार्थ बैंक लिमिटेडले पनि सर्वाधिक काराेबार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको