Like us!
Follow us!
Connect us!
Watch us!

एमएडब्लु र मेगा बैंकबीच सम्झौता, जेसीबीको सहज फाइनान्सिङ मेगा बैंकले गर्ने

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १८ : २९ मा प्रकाशित

एमएडब्लु र मेगा बैंकबीच सम्झौता, जेसीबीको सहज फाइनान्सिङ मेगा बैंकले गर्ने

नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभीउ पकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थ मुभर्स प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिने भएको छ ।


शुक्रबार सहज फाइनान्सिङको लागि एमएडब्लु अर्थ मुभर्स प्राइभेट लिमिटेड र मेगा बैकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको  छ । यो सँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न सक्नेछन् । 

‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरु मार्फत सेवा प्रदान गर्नेछौं,’ एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्नु भयो, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवाप्रदान गरेर उहाँहरुलाई सन्तुष्ट बनाउने साझालक्ष्यहासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छु । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्रान्ड हो जसकाकारण हाम्रो बजार हिस्सा ५० प्रतिशत भन्दा बढी छ । र यसमा हामी गर्व गर्छौं ।’

त्यसैगरी, नेपालकालागि जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताउनु भयो । ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र विक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उहाँले भन्नु भयो, ‘नेपाल सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशिल मुलुक हो । अहिले यहाँ पूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।’

‘हामीलाई विश्वास छ, देश विकासमा एमएडब्लु अर्थमुभर्सले साझेदारीको भूमिका निर्वाह गर्ने छ किनभने गुणस्तरीय पूर्वाधार विकासका लागि सोही अनुरुपको गुणस्तरीय मेसिनहरुको आवश्यकता पर्छ जुन जेसीबी उपलब्ध गराउँदै आएको छ,’ उहाँले अगाडि भन्नु भयो, ‘निर्माण तथा हेभि उपकरण व्यापारमा रिटेल फाइनान्सिङको महत्व धेरै हुन्छ । मलाई विश्वास छ मेगा बैंकसँगको नयाँ साझेदारीले देशको विभिन्न भागमा रहेका जेसीबीका ग्राहकलाई गुणस्तरीय सेवा एमएडब्लु सक्षम हुनेछ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको