Like us!
Follow us!
Connect us!
Watch us!

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एशियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १४ : ४७ मा प्रकाशित

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एशियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिणएशियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट  सम्मान गरेको हो ।  

जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दिपक शेट्टीले एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरेका थिए ।  
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसीबीका ग्राहक,  कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै उनिहरुकै साथ र सहयोगमा एमएडब्लु दक्षिण एशियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए । 

‘हामीलाई  विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै  सफलताको उचाइमा पुग्नेछौं,’ उनले भने । एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र  स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको  छ । 

नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको