Like us!
Follow us!
Connect us!
Watch us!

जेसीबीले सम्मान गर्यो निर्माण क्षेत्रका महिलालाई, हेभि उपकरणको तालिम लिनेलाई छात्रवृत्ति दिने घोषणा

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १० : ०२ मा प्रकाशित

जेसीबीले सम्मान गर्यो निर्माण क्षेत्रका महिलालाई, हेभि उपकरणको तालिम लिनेलाई छात्रवृत्ति दिने घोषणा

नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्राईभेट लिमिटेडले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । 

एमएडब्लु जेसीबीले सोमबार कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका संचालक गरी १३ जना महिलालाई सम्मान गरेको हो । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरुलाई सम्मान गर्नु भएको हो । 

सम्मान कार्यक्रममा सम्मानित महिलाले पुरुषको दबदबा रहेको निर्माण तथा हेभि उपकरण क्षेत्रमा वर्तमान अवस्थासम्म आइपुग्न सामना गरेका चुनौतीहरुबारे अनुभव समेत सुनाउनु भएको थियो । 

‘पहिले पहिले साइटमा जाँदा आफू मात्र महिला हुने गथ्र्यो । आफैंलाई खिन्न लागेर आउँथ्यो,’ हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा. लि., प्लानिंग एन्ड बिजनेस अनालाइसिस– भाइस प्रेसिडेन्ट अविज्ञा मल्लले भन्नु भयो, ‘अहिले भने महिलाको सहभागिता बढिरहेको मैले पाएकी छु ।’

त्यसैगरी, नेपालकै पहिलो जेसीबी–सर्टिफाइड महिला अपरेटर मुना घिमिरे श्रेष्ठले पनि साइटमा आफूलाई महिला भएकै कारणले धेरैले जेसीबी चलाउँछिन् भन्ने विश्वास नगरेको बताउनु भयो ।  ‘अहिले पनि मैले मेसिन चलाएको देखेर मानिसहरु अचम्म मानेर हेर्छन् । धेरै ठाउँमा तिमीले सक्दैनौ भनेर हेपिएको पनि छु,’ उहाँले सुनाउनु भयो । 

कार्यक्रममा एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले निर्माण क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले अपरेटर वा मेकानिकको तालिम लिन चाहने महिलालाई फाउन्डेसनले ६७ प्रतिशत छात्रवृत्ति दिने घोषणा गर्नु भयो । 

‘महिलाहरु कुनै पनि हिसाबले पुरुषभन्दा कम हुँदैनन् । अहिले निर्माण क्षेत्रमा महिलाको सहभागिता कम छ । उहाँहरुलाई यो क्षेत्रमा काम गर्न प्रोत्साहित गर्न हामीले एमएडब्लु स्किल एकेडेमीसँग सहकार्य गरेर तालिम लिन चाहने महिलालाई दुईतिहाई छात्रवृत्ति दिने भएका छौं,’ उहाँले भन्नु भयो, ‘अहिलेलाई यो पाइलट प्रोजेक्टको रुपमा यो सुरु भएको छ । यदि यो सफल भयो भने पाँच वर्षको अवधिमा एक हजार जना महिलालाई मेसिन अपरेटर, मेकानिक वा इन्जिनियर क्षेत्रको अन्य तालिमका लागि छात्रवृत्ति दिएर दक्ष महिला जनशक्ति तयार गर्ने लक्ष्य लिएका छौं ।’

604848e8e5934.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको