Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले डाक्यो साधारणसभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

सोमबार, २७ पुस २०७७, ०८ : ४५ मा प्रकाशित

ज्योति विकास बैंकले डाक्यो साधारणसभा, के-के छन् एजेन्डा ?

ज्योति विकास बैंक लिमिटेडले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

बैंकको पौष १९ गते बसेको संचालक समितिको बैठकले गरेको  निर्णयानुसार उक्त सभा माघ १४ गते बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल काय चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिनेछ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

बैकको संचालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको लागि निर्वाचन पनि गरिनेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

5ffbc7a9d1d3a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको